फाइनान्सको नाफाः अग्र स्थानमा मञ्जुश्री र गोर्खाज, पाँच कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?

२९ चैत्र २०८०, बिहीबार ११:४४

काठमाडौँ । नाफा सर्वाधिक कमाउने फाइनान्समा मञ्जुश्री प्रथम स्थानमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा मञ्जुश्रीले १६ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार यस्तो देखाएको हो । नाफा सर्वाधिक कमाउने दोस्रो नम्बरमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सले यस अवधिमा १३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

चालु आर्थिक वर्षको हाल संचालकमा रहेका १५ वटा फाइनान्सले समग्रमा २२ करोड २८ लाख २० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

त्यस्तै, फागुन मसान्तसम्ममा क्रमशः आइसिएफसि फाइनान्सले ८ करोड ४६ लाख रुपैयाँ, गुडबिल फाइनान्सले ३ करोड ३ लाख रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ७६ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ७० लाख रुपैयाँ, मल्टीप्रपोज फाइनान्सले २ करोड १ लाख रुपैयाँ, जानकी फाइनान्सले १ करोड ४८ लाख रुपैयाँ, नेपाल फाइनान्सले १ करोड २६ लाख रुपैयाँ, बेष्ट फाइनान्सले ६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

पाँच कम्पनीको ऋणात्मक

चालु आर्थिक वर्षको आठ महिनामा सर्वाधिक ऋणात्मक रहेको कम्पनीको प्रोगेसिभ फाइनान्स रहेको छ । कम्पनी यस अवधिमा ११ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

यता, गुहेश्वरी मर्चेन्ट ५ करोड ९१ लाख रुपैयाँ, समृद्धि फाइनान्स ४ करोड ६२ लाख रुपैयाँ, रिलायन्स फाइनान्स ४ करोड ३८ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्स ४ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*