राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठको कार्यकाल सकियो, कामुको जिम्मेवारीमा खनाल

२९ चैत्र २०८०, बिहीबार १३:४६

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठको कार्यकाल सकिएको छ । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी अवकाश भएका हुन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*