यी हुन् सलिकोका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?

२९ चैत्र २०८०, बिहीबार १४:३२

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश पनि पारित गरेको छ । उक्त लाभांश केही दिनमा शेयरधनीको खातामा आउने छ ।

सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका अध्यक्ष मनोहर दास मुलको स्वामित्वमा १० लाख ८४ हजार कित्ता शेयर रहेको छ । त्यस्तै, सेलिन्को इन्स्योरेन्स पिएलसीको स्वामित्वमा २९ लाख ९७ हजार कित्ता रहेको छ ।

कम्पनीका शेयरधनी अरुण राज श्रेष्ठको नाममा दुई लाख ६६ हजार कित्ता, सिद्धार्थ मणि राजभण्डारीको नाममा ३५ हजार ७१ कित्ता, कमल भट्टराईको नाममा एक हजार ४३९ कित्ता, गजेन्द्र लाल श्रेष्ठको नाममा ३१ हजार ५२५ कित्ता बराबरको शेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*