मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

२९ चैत्र २०८०, बिहीबार १६:४९

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरीएको छ । यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको हो । कम्पनीका शेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

छैटौं वार्षिक वार्षिक साधारण सभा प्रयोजनाको लागि कम्पनीले चैत १६ गते शुक्रबारदेखि २९ गते बिहीबारसम्म लघुवित्तको सेयर दाखिला खारेजी (बुकक्लोज) बन्द गरेको थियो ।

मनकामना स्मार्ट लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त प्रदेश कार्यक्षेत्र भएको कम्पनी हो । लघुवित्तको केन्द्रीय कार्यालय सिद्धार्थ नगरपालिका ५, रुपन्देहीमा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*