एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?

३० चैत्र २०८०, शुक्रबार ०७:०९

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । बैंकले चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत, ३ महिनादेखि १२ महिनाका लागि ७.१०० प्रतिशत, १२ महिनाका लागि ७.७५० प्रतिशत, १२ महिनादेखि १८ महिनासम्मका लागि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ७.७५० प्रतिशत ब्याजदर दिने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ ६ देखि १२ महिनाका लागि ६.३५० प्रतिशत र १२ महिना वा सोदेखि माथि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले वैशाख महिनाका लागि साधारण बचत खातामा ३.६५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*