सिईडिबि हाइड्रोपावरको ५९.२६ लाख कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिँदै

३० चैत्र २०८०, शुक्रबार ०७:३०

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

हाल कम्पनीका संस्थापकहरुको ५८ लाख ७५ हजार ८७० कित्ता शेयर र कर्मचारीहरुको ५० हजार ३६५ कित्ता शेयर लक इनमा रहेको छ ।

कम्पनीले संस्थापक तथा कर्मचारीहरुको शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको मिति २०७८ साल वैशाख ३१ गतेले तीन वर्षसम्मका लागि लक इनमा राखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*