आरम्भ चौतारी लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

३० चैत्र २०८०, शुक्रबार १५:३६

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरीएको छ । यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको हो । कम्पनीका शेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गरेको थियो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नेपालको अग्रणी राष्ट्रिय स्तरको लघुवित्त संस्था हो र ३१ जिल्लामा सञ्चालनमा रहेको छ। नेपाल राष्ट्र बैंक मर्जर नीति अनुसार आरम्भ चौतारी लघुवित्त चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरको नतिजा हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*