माथिल्लो मैलुङ खोलाको ‘लक इन’ अवधि आज सकिँदै

२ बैशाख २०८१, आईतवार ०७:००

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि आज (वैशाख २ गते) सकिँदै छ ।

सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता शेयर लक इनमा रहेको छ । सोही शेयरको लक इन अवधि आज सकिन लागेको हो । लक इन अवधि सकिएपछि यी शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*