जनउत्थान सामुदायिक लघुवित्तका पाँच जना सञ्चालक चयन

२ बैशाख २०८१, आईतवार ११:४२

काठमाडौं । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा. मान बहादुर बीके निर्वाचित भएका छन् ।

कम्पनीको चैत ३० गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित गरेको छ ।

सञ्चालक समितिमा संस्थापक समुहका डा.मान बहादुर बी.के.लाई अध्यक्षमा निर्वाचित गरेको छ । साथै, संस्थापक समुहकै डा. मेग बहादुर बिश्वकर्मा र यज्ञ विक्रम शाहीलाई सञ्चालक सदस्यमा चयन गरेको छ ।

सभाले सर्वसाधारण समुहका हुमा कुमारी कँुवर थापा र गरुराज बरुवाललाई सदस्यमा चयन गरेको छ ।

ja uthan Laghubitta -director

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*