राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने

२ बैशाख २०८१, आईतवार १७:११

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न भएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २१ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

२०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८१ वैशाख ४ गते साँझ ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

Pension-and-Gratuity-fund-investment-notice-2081

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*