सिंगटी हाईड्रोको हकप्रद शेयर बाँडफाँड, आजदेखि रकम फिर्ता गरिने

३ बैशाख २०८१, सोमबार ०८:१९

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो ।

उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ३० गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको कम्पनीले जनाएको छ । बाँडफाँडको अन्तिम मूल्य १४५ रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँड गरिएको हो ।

साथै, बाँडफाँडमा नपरेको आवेदकलाई आज (वैशाख ३ गते) देखि आवेदन फाराममा उल्लेख बैंक, वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकम फिर्ता गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*