कुमारी बैंकको ४.५० लाख कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

३ बैशाख २०८१, सोमबार ०८:५२

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर आज (वैशाख ३ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । बैंकले जो–कोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

आवेदन बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति वैशाख ११ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*