राष्ट्र बैंकद्धारा १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण

३ बैशाख २०८१, सोमबार १४:५८

काठमाडौं । गत आर्थिक वर्ष राष्ट्र बैंकले १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण गरेको थियो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकको स्थलगत निरीक्षण गरेको थियो।

दोस्रो त्रैमासमा पूर्वाधार विकास बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकको स्थलगत निरीक्षण गरेको थियो।

तेस्रो त्रैमासमा प्रभु, सिटिजन्स र ग्लोबल आईएमई बैंक र चौथो त्रैमासमा हिमालयन, नेपाल मेघा इन्भेष्टमेन्ट र प्राइम कमर्सियल बैंकको स्थलगत निरीक्षण राष्ट्र बैंकले गरेको थियो।

गत आर्थिक वर्ष लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सनराइज बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, नेपाल बैंक र सिद्धार्थ बैंक राष्ट्र बैंकको टार्गेट स्थलगत निरीक्षणमा परेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*