शेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य

३ बैशाख २०८१, सोमबार १५:०६

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । बजार लगातार तेस्रो दिन समेत घटेको हो ।

बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् । ब्याजदर निरन्तर ओरालो लागेपनि बजारले गति लिन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.८२ अकंले घटेर २००६.५२ बिन्दुमा बन्द भएको हो ।

सोमबार ३१४ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।

आज १३ वटै उपसूचक राताम्य भएको छन् । सोमबार बैंकिङ समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको १.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशतले घटेको हो ।

आज न्यादी पावरको १७ करोड ७३ लाख रुपैयाँ र सिवाईसी लघुवित्तको ७ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*