इन्साईडर ट्रेडिङको धितोपत्र ऐन संशोधनको प्रभाव शेयर बजारमा

३ बैशाख २०८१, सोमबार १७:५०

काठमाडौं । शेयरको भित्री कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने गरी धितोपत्र ऐन संशोधन भएर आएपछि बजारमा प्रभाव देखिएको छ।सो कारण सेयर बजार परिसूचक आज बढ्ने अपेक्षा गरेसिन १६.८२ अंकले घटेर २००६ बिन्दुमा आएर बन्द भएको छ।

सेयरको भित्री कारोबार, झुटो कारोबार, मूल्यमा कृत्रिम उतारचढाव, बजार प्रभावित पार्ने, झुक्याउने, जालसाजीयुक्त कारोबार गर्ने र लिखित, विवरण वा अभिलेख नष्ट गर्ने कार्य गरेमा प्रहरीबाटै अनुसन्धान गर्न सकिने व्यवस्था संशोधनले गरेको हो।

इन्साईडर टेड्ररमा डर समेत पैदा भएको कारण आज सकारात्मक दिशातर्फ जाने शेयर बजारमा प्रभाव परेको शेयर लगानीकर्ताहरुको बुझाई छ । सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत् यस्तो संशोधन गरिएको हो।

यो विधेयक राष्ट्रपतिबाट समेत प्रमाणित भएर चैत ३० गते राजपत्रमा प्रकाशित भएको छ। यसअघिको व्यवस्थामा यस्तो कारोबार र यस सम्बन्धमा आएका उजुरीको तहकिकात धितोपत्र बोर्डले तोकेको अधिकृतले गर्न सक्ने व्यवस्था थियो। यसरी तहकिकातको काम सकिएपछि सो अधिकारीले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था थियो।

संशोधनले भने प्रारम्भिक अनुसन्धान धितोपत्र बोर्डले तोकेको अधिकारीले गर्ने र कसूर गरेको देखिएमा अनुसन्धानको थप प्रक्रिया अघि बढाउन ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ।

यसरी थप प्रक्रियाको लागि कागजात पठाउँदा धितोपत्र बोर्डले अनुसन्धानमा सहयोग गर्न सक्ने आफ्नो कर्मचारीको नाम समेत तोकेर पठाउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तो व्यवस्थापछि सेयर बजारमा केही लगानीकर्ता आत्तिएका हुन्। तर, यसैको कारण बजार घट्न नपर्ने ब्रोकरहरू बताउँछन्।

‘बजारलाई पारदर्शी बनाउने र गलत काम रोक्ने कुरा राम्रो हो,’ एक ब्रोकरले भने, ‘यसैको कारण बजार घट्नु पर्ने देख्दिनँ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*