वाइवाइ चाउचाउले आइपिओ जारी गर्ने

३ बैशाख २०८१, सोमबार २०:२३

वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
सोमबार समाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्।
‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौ‌ं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*