स्नो याक फाउन्डेशनलाई सिटिजन्स बैंकको सहयोग

४ बैशाख २०८१, मंगलवार ०८:१८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्नो याक फाउन्डेशनलाई सहयोग गरेको छ ।

नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था स्नो याकका सञ्चालक मणिराज शर्मालाई बैंकले एक समारोहबीच १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । यो फाउन्डेशनले हाल ५०० जना बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई केही हदसम्म सहज होस् भन्ने हेतुुले आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सव यही बैशाख ७ गते मनाउँदैछ । हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

यस बैंकले देशैभरि फैलिएका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ४६ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*