चार वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

४ बैशाख २०८१, मंगलवार ०९:०६

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५।७६, २०७६।७७, २०७७।७८ र २०७८।७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर बुझिलिन आग्रह गरेको हो ।

सो अवधिको पुरानो लाभांश केही शेयरधनीहरूले हालसम्म पनि लिन बाँकी रहेकाले बैंकले सूचनामार्फत लाभांश बुझिलिन आग्रह गरेको छ । यसका लागि शेयरधनीले आवश्यक कागजातसहित कम्पनीको रजिष्ट्रार हिमालयन क्यापिटल (साविक सिभिल क्यापिटल मार्केट) ठमेल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

साथै, आव २०७५।७६ देखि २०७८।७९ सम्मको बोनश शेयरहरू सिधै डिम्याट खातामा जम्मा हुने र नगद लाभांश डिम्याट खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपिएसमार्फत जम्मा हुने हुँदा हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र अद्यावधिक गराउन बैंकले आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*