नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

४ बैशाख २०८१, मंगलवार १०:२०

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*