निर्धन उत्थान लघुवित्तको सिईओमा दहाल नियुक्त

४ बैशाख २०८१, मंगलवार १०:२७

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मुकेश दहाल नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिले रिक्त रहेको सिईओ पदमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ निवासी दहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

दहाललाई आज (वैशाख ४ गते) देखि आगामी दुई वर्षसम्म पहिलो कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*