शेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, कुन महिनामा कति तिरे ?

४ बैशाख २०८१, मंगलवार १३:१७

काठमाडौँ । शेयर बजारबाट चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब रुपैयाँ ७९ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन संकलन भएको छ । सीडीएससीका अनुसार चैत मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

शेयर बजारमा उताप–चडाप आएपनि पूँजीगत लाभकर निरन्तर संकलनमा नयाँ फड्को मारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दिर्घकालिन लगानीकर्ताले ७५ करोड रुपैयाँ, अल्पकालीन लगानीकर्ता लगानीकर्ताले २ अर्ब ७९ करोड रुपैयाँ र सस्थागत लगानीकर्ताले ४५ करोड रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् ।

गत फागुनको तुलनामा चैतमा उठ्ने लाभकर सुधार देखिएको हो । चैतमा ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । जुन फागुनको तुलनामा ९.६४ प्रतिशतले बढी हो । फागुनमा ४४ करोड ९ लाख २० हजार रुपैयाँ लाभकर संकलन भएको हो ।

सरकारलाई चालु आर्थिक वर्षको चैतमा मात्र संस्थागत लगानीकर्ताले ८ करोड ८३ लाख रुपैयाँ तिरेका छन् । फागुनमा भने संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख तिरेका थिए । चैतमा मात्र अल्पकालीन लगानीकर्ताले २८ करोड ७३ लाख तिरेका हुन् । फागुनमा २५ करोड १० लाख रुपैयाँ तिरेका थिए। दीर्घकालीन लगानीकर्ताले चैतमा ११ करोड १३ लाख रुपैयाँ लाभकर तिरेका छन् । फागुनमा भने उनीहरुलाई ११ करोड ६८ लाख रुपैयाँ तिरेको सिडिएसले जनाएको छ ।

एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्कालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको हो ।

कुन महिनामा कति भयो पुँजीगत लाभकर सङ्कलन ?

शेयर बजारबाट माघ महिनामा सबै भन्दा बढी पुँजीगत लाभकर सङ्कलन भएको छ । बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ

सबै भन्दा थोरै पुँजीगत लाभकर सङ्कलन कात्तिक महिनामा भएको देखिन्छ । सो बेला बजार निरन्तर ओरालो लागेको थियो । साथै, दसैँ र तिहार लामो बिदा भएका कारणले लाभकरमा समेत प्रभाव परेको हो । कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको हो ।

त्यस्तै, पुसमा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ, साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ, मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ, भदौमा १४ करोड ६९ हजार रुपैयाँ र फागुन महिनामा मात्र ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको सिडिएसको तथ्याङ्कले देखाएको छ ।

छोटो समयमै नाफा बुक गरी लगानीकर्ता हाबि हुँदा शेयर बजारबाट उठ्ने लाभकर बढ्दो क्रममा रहेको छ । बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*