नयाँ वर्ष लागेदेखि शेयर बजारको ओरालो यात्रा, परिसूचक १९९१ बिन्दुमा पुग्दा कारोबार खुम्चियो

४ बैशाख २०८१, मंगलवार १५:०६

काठमाडौँ । नयाँ वर्षलाई शेयर बजारले रातो कार्पेटले स्वागत गरी रहेको छ । २०८१ सालको लगातार तीन कारोबारमा बजारले ओरालो यात्रा लिएको हो ।

पूँजीबजारका लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नियामक निकायको शशक्ति भुमिका नदेखिएदा लगानीकर्ताको मनोबल खुम्चिदै गएको हो । लामो समयसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा कयौ कम्पनीहरुले आइपीओ निष्कासन गर्ने सकेको छैन । लगानीकर्ताले शेयर बजार सुधारका लागि केहि नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् । तर, नियामक निकाय आश्वासनमा मात्र सीमित हुँदा बजारले गति लिन सकेको छैन ।

यता, बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । पूँजीबजारको शत्रुमा रहेको ब्याजर घटि रहदा समेत शेयर बजारले गति लिन सकेको छैन । उता अर्थमन्त्रालयले समेत बजारमैत्री हुनै नीति ल्याउन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अकंले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैकिङ समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बजार ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज एसबिएल डिबेञ्चर २०८९ र गोर्खाज फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*