सूर्यज्योति लाइफ र गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

४ बैशाख २०८१, मंगलवार १५:०९

काठमाडौं । शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ ।

मंगलबार गोर्खाज फाइनान्सको शेयर कारोबार सबैभन्दा बढी भएको छ । फाइनान्सको आज १७ करोड ५९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको सात करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँ, सर्बोतम सिमेन्टको चार करोड ५९ लाख रुपैयाँ र शिवम् सिमेन्टको चार करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*