नेपाल एसबिआई मर्चेण्टमा एसईई दिएका विद्यार्थीका लागि विशेष अफर

४ बैशाख २०८१, मंगलवार १५:२९

काठमाडौँ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डिम्याट तथा मेरो शेयर खाता खोल्ने एसईई दिएका विद्यार्थीका लागि बम्पर छुटको ब्यवस्था गरेको हो ।

यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*