१३ लघुवित्तका शेयरधनी मख्ख, कुनले कति दिए लाभांश ?

४ बैशाख २०८१, मंगलवार १६:१८

काठमाडौँ । गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट एक दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५१ लघुवित्त मध्य १३ कम्पनीले मात्र लाभांश घोषणा गरेको हुन् ।

छिमेकसहित ६ लघुवित्तले सर्वाधिक १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । जसमा आत्मनिर्भर, साना किसान, फर्स्ट माइक्रोफाइनान्स, धौलागिरि र एनआइसी एशिया लघुवित्त रहेका छन् ।

हालसम्म लाभांश घोषणा गरेकामध्ये समता घरेलु लघुवित्तले सबैभन्दा कम ५.७० प्रतिशत लाभांश घोषणा गरेको छ । अधिकांश कम्पनीले लाभाश नदिने समेत निर्णय गरेका छन् । पछिल्लो समय लघुवित्तको खराब कर्जा बढ्दा नाफा समेत संकुचन देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*