ट्रस्ट माइक्रो इन्स्योरेन्सले लघु बीमा अभिकर्ताको तालिम संचालन गर्ने

५ बैशाख २०८१, बुधबार ०७:४०

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले लघु बीमा अभिकर्ताको तीन दिने तालिम संचालन गर्ने भएको छ । कम्पनीमा आवद्ध भइ काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागको हो।

तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका नागरिकले सहभागिता जनाउन सक्नेछन् । यसका लागि इच्छुक जो–कोहीले शैक्षिक योग्यताको प्रमाणपत्र र प्यान कार्डको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो संलग्न गरी कम्पनीको इमेल ठेगाना [email protected] मा वैशाख १२ गतेभित्र पठाउनुपर्नेछ ।

तालिम वैशाख १६ गतेदेखि १८ गतेसम्म अनलाइन माध्यमबाट विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*