इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

५ बैशाख २०८१, बुधबार ०८:२८

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको उक्त शेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक जो–कोहीले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*