२४ प्रतिशतले घट्यो ज्योति विकास बैंकको मुनाफा, इपीएस ओरालो लाग्दा वितरणयोग्य नाफा ऋणात्मक

५ बैशाख २०८१, बुधबार १०:५४

काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो ।

चैत समान्तसम्ममा कम्पनीको मुनाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २० करोड १६ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा झिनो सुधार आएको छ । कम्पनीले १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।जुन गत आर्थिक वर्षको भन्दा १.७५ प्रतिशतले मात्र बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २८ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक, चुक्तापूँजी २ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ, जगेडा कोष २९.४० प्रतिशतले बढेर १ अर्ब ७९ करोड र खराब कर्जा १.०८ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५० पैसाले घटेर ४ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*