नेपाल फाइनान्सको नाफामा पहिरो, वितरणयोग्य नाफा ऋणात्मक हुँदा कस्ता छन् अन्य सूचक ?

५ बैशाख २०८१, बुधबार ११:२४

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ८७.२५ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ८२.२३ प्रतिशतले घटेर १८ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ५ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ र खराब कर्जा ३.९३ प्रतिशतले घटेर ९.२४ प्रतिशतमा पुगेको छ । समिक्षा अवधिमा चुक्ता पूँजी ७२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ, निक्षेप २ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*