प्रभु केवलकार एण्ड टुरिजमले प्रिमियममा आइपीओ निष्कासन गर्ने

५ बैशाख २०८१, बुधबार ११:५५

काठमाडौँ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमाआवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको हो ।

वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष ०७९।८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने शर्त कम्पनीले राखेको छ ।

कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*