दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

५ बैशाख २०८१, बुधबार १५:५७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् ।

सूर्यज्योति लाइफले चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०।२६ प्रतिशत बोशन शेयर र २४।७४ प्रतिशत नगद लाभांश ९कर प्रयोजन समेत० वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि सभा डाकेको छ ।

त्यस्तै, सभाले चुक्ता पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७।४६ रुपैयाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४।७५ प्रतिशत बोनस शेयर र ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि सभा बोलाएको छ ।

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र÷पत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद तीनको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*