हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुको अवस्था कस्तो ?

५ बैशाख २०८१, बुधबार १६:१७

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीको संख्या तीन पुगेको छ । अब २/३ दिन भित्रै अधिकांश बैंकहरुले आफ्ना वित्तीय रिर्पाट सार्वजनिक गर्नछन् ।

हालसम्म भने आरएसडीसी लघुवित्त, ज्योति विकास बैंक र नेपाल फाइनान्सले मात्र आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सबल बन्दै आरएसडीसी

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा आरएसडीसी लघुवित्त सब बन्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३०.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १२ करोड २८ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३०.२९ प्रतिशतले बढाएर १६ करोड १ लाख रुपैयाँ पुराएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ८ करोड ६१ लाख ८३ हजार रुपैयाँ, खराब कर्जा २.६२ प्रतिशतले घटेर १०.१६ प्रतिशत, चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटी ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसाले बढेर १५ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६९ पैसा रहेको छ ।

ज्योतिको नाफा घट्दा वितरणयोग्य नाफा ऋणात्मक

कुनै समय उत्कृष्ट विकास बैंकमा कहलिदै आएको ज्योति विकास बैंकको वित्तीय विवरण भने पछिल्लो समय खस्किदो अवस्थामा रहेको छ । चैत समान्तसम्ममा कम्पनीको मुनाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २० करोड १६ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा झिनो सुधार आएको छ । कम्पनीले १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।जुन गत आर्थिक वर्षको भन्दा १.७५ प्रतिशतले मात्र बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २८ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक, चुक्तापूँजी २ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ, जगेडा कोष २९.४० प्रतिशतले बढेर १ अर्ब ७९ करोड र खराब कर्जा १.०८ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५० पैसाले घटेर ४ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल फाइनान्सको नाफामा पहिरो, खराब कर्जा १० प्रतिशतमै

नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ८७.२५ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ८२.२३ प्रतिशतले घटेर १८ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ५ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ र खराब कर्जा ३.९३ प्रतिशतले घटेर ९.२४ प्रतिशतमा पुगेको छ । समिक्षा अवधिमा चुक्ता पूँजी ७२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ, निक्षेप २ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*