ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

६ बैशाख २०८१, बिहीबार ०७:२७

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*