नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

६ बैशाख २०८१, बिहीबार ०७:४८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त शेयर बिक्रीमा ल्याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*