यी हुन् सानिमा जिआइसीका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?

६ बैशाख २०८१, बिहीबार १४:१९

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९।०८० को सम्पूर्ण वित्तिय विवरण पारित गरेको छ ।

सभाले पारित गरेको वित्तीय विवरण अनुसार संस्थापक शेयरधनी कुनाल कयालको ५० हजार कित्ता बराबरको शेयर स्वामित्व रहेको छ । साथै, कम्पनीको ५० हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलीप श्रेष्ठको स्वामित्व रहेको छ ।

कम्पनीमा संस्थापक शेयरधनी मिता मुरारका अग्रवालको ९९ हजार कित्ता, हेमन्त कुमार दवाडीको २ सय कित्ता, प्रकाश मान श्रेष्ठको १ सय कित्ता, सरस्वति गौतम ज्ञवालीको १ हजार कित्ता र अनिल राज भट्टराईको नाममा रहेको शेयर स्वामित्व खुलाएको छैन् ।

कम्पनीमा संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत लगानी रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*