रोकिएन शेयर बजारको ओरालो यात्रा, परिसूचक १९७२ पुग्दा कारोबार खुम्चियो

६ बैशाख २०८१, बिहीबार १५:१०

काठमाडौं । कारोबार साताको अन्तिम दिन अथवा बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । नयाँ वर्षदेखि लगातार शेयर बजार घट्ने क्रम जारी रहेको छ ।

बिहीबार शेयर बजार १९ दशमलव ५६ अंकले घटेर १९७२ दशमलव १४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग कारोबार रकम पनि घटेको छ । आज कारोबार भएको सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । त्यस्तै, कारोबार भएका कुल कम्पनीहरुमध्ये २११ वटाको शेयरमूल्य घटेको छ ।

साता कारोबारको अन्तिम दिन ३१५ कम्पनीको ५३ लाख ४४ लाख ६१३ कित्ता शेयर खरिद बिक्री हुदाँ दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज गोर्खाज फाइनान्सको १७ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै, खानीखोला हाइड्रोपावरको ७ दशमलव ९४ प्रतिशत र पोखरा फाइनान्सको ६ दशमलव २१ प्रतिशतले सर्वाधिक शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*