सर्वोतम सिमेन्टको शेयरमूल्य घट्ने क्रम जारी, यस्तो छ कारण

६ बैशाख २०८१, बिहीबार १५:३८

काठमाडौं । पछिल्लो समय सर्वोतम सिमेन्टको शेयरमूल्य दैनिक रुपमा ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार कम्पनीको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले घटेर ७६७ रुपैयाँमा कारोबार भएको छ ।

कुनै समय लगातार सकारात्मक सर्किट लागेर एक हजार रुपैयाँमाथि कारोबार भएको कम्पनीको शेयरमूल्य बिहीबार ७ सय रुपैयाँमा झरेको छ ।

कम्पनीले धितोपत्र बोर्डको घुस सेटिङमा बुक बिल्डिङबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ ।

कम्पनीले विगत तीन त्रैमाससम्मको वित्तीय विवरण सार्वजनि नगरेको कुरा र थुप्रै अन्य कुराहरु थाहाँ पाएपश्चात कम्पनीको शेयरप्रति लगानीकर्ता रुष्ट बनेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*