दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति कायम भयो समायोजित मूल्य ?

६ बैशाख २०८१, बिहीबार १६:४६

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूलय समायोजन भएको छ। नेप्सेमा आज सूर्य ज्योति लाइफ र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।

सूर्य ज्योति लाइफको १० दशमलव २६ प्रतिशत बोनस शेयर वितरणका बुक क्लोज गरेसँगै अघिल्लो दिन कायम रहेको ५०४ रुपैयाँ ७० पैसाको आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयर मूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ।

प्रभु लाइफको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको बुक क्लोज गरेसँगै अघिल्लो दिन कायम रहेको ७७२ रुपैयाँ ५० पैसाको आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयर मूल्य ७३७ दशमलव ४७ पैसा कायम भएको छ ।

One thought on “दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति कायम भयो समायोजित मूल्य ?

  1. Aditya Tharu says:

    ,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*