खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक

७ बैशाख २०८१, शुक्रबार ०६:२३

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ ।

कूल १४ अर्ब ९१ करोड चुक्ता पुँजि भएको एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको मुनाफा गत आवको यसै अवधीको तुलनामा ५२.३१ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्ष चार अर्ब एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय विवरण अनुसार बैंकमा कुनै समस्या आएका कारण खुद नाफा घटेको नभई खराब कर्जा बढेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । बैंकको इम्पेरिमेन्ट चार्ज दुई अर्ब १४ करोड रुपैयाँ रहेको छ । नेपालमा उत्पन्न आर्थिक संकटको असर बैंकमा परेको हो । ऋणीहरुले समयमा कर्जा तिर्न नसक्दा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ । आर्थिक अवस्था सहज हुने वित्तिकै ऋणीहरुले ऋणको सावा ब्याज नियमित गर्न थालेपछि बैंकको निस्क्रिय कर्जा घट्ने वित्तिकै वा लिलाम गरी असुल उपर गर्ने वित्तिकै प्रोभिजन गरिएको रकम राईट ब्याक हुनेछ ।

गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ । बैंकको पुँजिभन्दा जगेडा कोष ठूलो हुनु, आर्थिक संकटका बीचमा समेत सामान्य मात्रै असर पर्नु र सर्वसाधारणको निक्षेप अझै बढ्दै जानुले बैंकको वित्तीय अवस्था अझै अब्बल र उत्कृष्ट बनेको देखिएको छ ।
चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकमा निक्षेप अघिल्लो वर्षको तुलनामा ५.०७ प्रतिशत र ऋण ५.८९ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी १७.१२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो २२.८५, नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ ।

बैंकको सिडी रेसियो ८५.८१ प्रतिशत, बेस रेट ८.८६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*