२७.७० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको मुनाफा, अधिकांश सूचकमा छलाङ, प्रतिशेयर आम्दानी कति ?

७ बैशाख २०८१, शुक्रबार ०६:२६

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको मुनाफा १ अर्ब ६१ करोढ ५९ लाख ३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २७.७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिममा कम्पनीको खुद ब्याज आम्दानी १०३.९ प्रतिशतले बढेर८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस कम्पनीको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशतले बढेर १० अर्ब ४१ करोड ५ लाख रुपैयाँ र सञ्चालन मुनाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको छ

समिक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत, इम्पेरमेन्ट चार्ज ४ अर्ब, चुक्तापूँजी २३ अर्ब १८ करोड र जगेडा कोष १७ अर्ब ८४ करोड रुपैयाँ रहेकोछ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*