राष्ट्रिय वाणिज्य बैंकद्वारा सिईओका लागि दरखास्त आह्वान

७ बैशाख २०८१, शुक्रबार ०६:५८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

यसका लागि तोकिएको विषयबाट स्नातकोत्तर उपाधी हासिल गरेको, सम्बन्धित क्षेत्रमा अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष कार्य गरेको र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (वैशाख ७ गते)ले २१ दिनभित्र बैंकको केन्द्रीय कार्यालय काठमाडौंको सिहंदरबार प्लाजामा रहेको संचालक समितिको सचिवालयमा दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

सिईओलाई करारमा उल्लेख भएका सर्तहरू बमोजिम मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा संचालक समितिले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*