माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशत घट्यो, अधिकांश सूचकको ओरालो यात्रा, प्रतिशेयर आम्दानीमा पहिरो

७ बैशाख २०८१, शुक्रबार ०७:०१

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ६७ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले कुल सञ्चालन आम्दानी ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको संचालन नाफा १ अर्ब ९४ करोड रुपैयाँबाट घटेर १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

१७.५७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी घटेर ९.८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*