प्रभु बैंकको मुनाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

७ बैशाख २०८१, शुक्रबार ०७:१५

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २६.३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

यता, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा घटेर १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ, जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ७८ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब रहेको छ ।

यता, कम्पनीको खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*