१२.०४ प्रतिशतले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

७ बैशाख २०८१, शुक्रबार ०७:२९

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको मुनाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२.०४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत २९.२९ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा ३९.३१ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, खराब कर्जा २५ प्रतिशतले बढेर १९ अर्ब १५ करोड रुपैयाँ, खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत र वितरणयोग्य नाफा ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५ पैसाले घटेर ११ रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*