हाथवे इन्भेष्टमेन्टको ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति

७ बैशाख २०८१, शुक्रबार १६:२९

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको संचालक समितिको बैठकले ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति प्रदान गरेको छ ।

१० गते बसेको बैठकले साविकका शेयरधनीको निधन भएपछि ति शेयर परिवारका अन्य सदस्यको नाममा नामसारीको लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीका अनुसार कम्पनीका संस्थापक शेयरधनी पुष्पमान श्रेष्ठको २०८० साल भाद्र ३० गते मृत्यु भएकोले निजको नाममा रहेको शेयर ५०,००० कित्ता र उक्त शेयर बापत प्राप्त गर्ने बोनस शेयर गरि जम्मा ५५००० कित्ता शेयर निजको श्रीमती लालु श्रेष्ठको नाममा नाममा नामसारीको लागि अनुमति प्रदान गरिएको छ ।

त्यस्तै संस्थापक शेयरधनी शिव कुमार श्रेष्ठको २०८० साल पौष १७ गते मृत्यु भएकोले निजको नाममा रहेको ३,४३,०६० कित्ता र उक्त शेयर बापत प्राप्त गर्ने बोनस शेयर गरि जम्मा ३,७७, ३६६ कित्ता शेयर निजको छोरा सुरज कुमार श्रेष्ठको नाममा मृत्यु पछिको नामसारी गर्नका लागी स्वीकृती प्रदान कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*