अरुण भ्यालीले भोलिदेखि हकप्रद शेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति?

९ बैशाख २०८१, आईतवार ०७:०८

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते)देखि लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याउन लागिएको हो ।

यस शेयरमा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिनेछ । लगानीकर्ताले यस शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*