रिडी पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलाम मार्फत बिक्री खुला गरेको थियो ।
शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ संस्थाहररूले आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको यस शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद ेशेयर बिक्री खुला गरेको थियो । उक्त अवधिमा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।
खरिदकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय साथै, तोकिएको शाखा कार्यालयहररू ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।