सानिमा जिआईसीको ३.६४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

९ बैशाख २०८१, आईतवार ०८:१४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख ६४ हजार २८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा आवेदन दिनुपर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ ।

साथै, तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*