अरुण भ्यालीको हकप्रद शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

१० बैशाख २०८१, सोमबार ०६:१५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलामीमा ल्याएको छ । १ः१ को अनुपातमा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर लिलामीमा ल्याइएको हो ।

यस शेयरमा जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले कम्तीमा एक सय वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा सबै कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम मिति वैशाख २४ गते रहेको छ ।

बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखामा पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*