पाँच दिनको ओरालो यात्रा ब्रेक, नेप्से दोहोरो अकंले बढ्दा २ अर्बको कारोबार

९ बैशाख २०८१, आईतवार १५:०७

काठमाडौँ । पाँच दिनको ओरालो ब्रेक लागेको छ । निरन्तर ओरालो गतिमा गइरहेको बजार आज अन्तिम समयमा आएर बढ्न पुगेको हो । दिउँसो १ः२२ बजेसम्म २०५४ बिन्दुमा पुगेको परिसूचक सो यता निरन्तर उकालो लागेको हो ।

बजारका लगानीकर्ता नियामकबाट पूँजी बजार चलयमानको पोलिसि खोजि रहेका छन् । नियामकबाट कुनै सकारात्मक कदम नचल्दा पछिल्लो समय बजार निरन्तर ओरालो लागेको थियो । आज भने केहि सामान्य सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२९ अकंले बढेर १९८४.४३ बिन्दुमा बन्द भएको छ । आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

आज गोर्खाज फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड २१ लाख ३७ हजार रुपैयाँको शेयर किनबेच भएको हो । साथै, सर्वोत्तमको ७ करोड ८८ लाख रुपैयाँ, पिपुल्स पावरको ७ करोड १९ लाख रुपैयाँको कारोेबार भएको छ ।

साताको पहिलो कारोबारको दिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैकको १.०८ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३१ प्रतिशत, हाइड्रोपावर समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*